काठमाडौं- अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि २२ गतेसम्म निष्कासन गरेको शेयर साउन ३० गते (सोमबार) बाँडफाँट हुने भएको छ । उक्त शेयर बाँडफाँट लघुवित्तको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिलटको कार्यालय नक्सालमा हुनेछ ।
लघुवित्तको आइपीओमा २० लाख ४३ हजार २० जना आवेदकबाट २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार १९० कित्ता शेयरको लागि आवेदन परेको छ ।
यो लघुवित्तले निष्कासन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरको २३.७० गुणा बढी हुन आउँछ ।
लघुवित्तले निष्कासन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणको लागि बाँडफाँट हुनेछ ।
लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोला प्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ९१ हजार ३७५ जनाले मात्रै शेयर पाउने छन् ।
प्रतिक्रिया