काठमाडौं - रिचेत जलविद्युत कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि कुल १ लाख १२ हजार २२३.५७ कित्ता आईपीओ निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा स्थापना भएको रिचेत जलविद्युत कम्पनीको प्रमुख कार्यालय ललितपुर–१५ महालक्ष्मीस्थानमा रहेको छ । यसैबीच रिचेत जलविद्युत कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
धितोपत्र बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा साउन २५ गते अर्जुन प्रसाद पौडेल (अध्यक्ष, रिचेत जलविद्युत कम्पनी) र शिशिर खनाल (कम्पनी सचिव, रिचेत जलविद्युत कम्पनी) तथा सचिन्द्र ढुंगाना (नायब महाप्रबन्धक, एनआईबिएल एस क्यापिटल) र रोश्ना मानन्धर (प्रमुख–मर्चेन्ट बैंकिङ, एनआईबिएल एस क्यापिटल0 ले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया