काठमाडौं-सिद्धार्थ क्यापिटल लिमिटेडको दुई फण्डद्धारा लाभांश घोषणा गरिएको छ ।
क्यापिटलको ‘सिद्धार्थ इक्विटी फण्ड’ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
क्यापिटलको साउन २५ गते बसेको संचालक समितिको बैठकले आव २०७८/०७९ को मुनाफाबाट सिद्धार्थ इक्विटी फण्डका इकाईधनीलाई ९ प्रतिशत दरका १३ करोड ५० लाख रुपैयाँ प्रतिफल र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई १० प्रतिशत दरका १२ करोड रुपैयाँ लाभांश दिने घोषणा गरेको हो ।
प्रतिक्रिया