काठमाडौं- साताको पाँचौ कारोबारको दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार, ५.९१ अंक घटेर २०५६.८८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.९४ अंक बढेर २०५९.८३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा २० स्टकको ५ लाख ८७ हजार ८०९ रुपैयाँ बराबरको ९२५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया