काठमाडौं - विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिकमा १० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
वित्तीय विवरण अनुसार लघुवित्तले अघिल्लो वर्ष १२ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा पनि १७ प्रतिशतले घटेर १५ करोड ८१ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा १९ करोड ५ लाख रुपैयाँ भएको थियो ।
गत वर्ष लघुवित्तले ३४ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३८ करोड ९ लाख रुपैयाँ भएको थियो । खुद ब्याज आम्दानी १०.३५ प्रतिशतले घटेको छ ।
समीक्षा वर्षमा लघुवित्तले ३ अर्ब ८ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ७१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष लघुवित्तले २ अर्ब ९० करोड रुपैयाँ सापटी लिई ४ अर्ब ३२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
लघुवित्तको रिजर्भको आकार ८४.३५ प्रतिशतले बढेर २२ करोड ८८ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा १२ करोड ४१ लाख रुपैयाँ थियो । लघुवित्तको एनपीएल घटेर ४.०८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष एनपीएल ४.६६ प्रतिशत थियो ।
चुक्तापुँजी ३२ करोड रहेको लघुवित्तको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३२.७२ रुपैयाँ, पीई रेसियो २८.७२ गुणा र प्रतिसेयर नेटवर्थ १७०.१६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया