काठमाडौं - गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक शेयरधनीका नाममा रहेको १ लाख ९ हजार ८११ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीका लागि लिलामी मार्फत बिक्रीमा ल्याएको हो ।
उक्त संस्थापक शेयरमा इच्छुक शेयरधनीले भदौ ३१ गतेसम्म बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं र गरिमा विकास बैंकका विभिन्न शाखा कार्यलयबाट बोलपत्र आवेदन फारम बुझाउनु पर्नेछ ।
संस्थापक शेयरको मूल्य प्रतिशेयर १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया