काठमाडौं - साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ७० करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
अघिल्लो वर्ष लघुवित्तले ६० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा १६.३९ प्रतिशतले बढेर १ अर्ब बढी रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ८६ करोड ७५ लाख रुपैयाँमा सीमित थियो ।
गत वर्ष संस्थाले १ अर्ब ३४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २१ करोड रुपैयाँमा सीमित थियो । खुद ब्याज आम्दानी १०.६८ प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा संस्थाले १६ अर्ब ३० करोड रुपैयाँ सापटी लिई २९ अर्ब ३१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष संस्थाले १३ अर्ब ९ करोड रुपैयाँ सापटी लिई २३ अर्ब ८८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
संस्थाको रिजर्भको आकार १५.०१ प्रतिशतले बढेर १ अर्ब ६८ करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ४६ करोड रुपैयाँ थियो ।
संस्थाको एनपीएल घटेर ०.६८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष एनपीएल ०.६९ प्रतिशत थियो । चुक्तापुँजी १ अर्ब ५६ करोड रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४५.२८ रुपैयाँ, पीई रेसियो २३.५२ गुणा र प्रतिसेयर नेटवर्थ २६६.०८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया