काठमाडौं - समृद्धि फाइनान्सले बुधबार साउन २५ गते नारायणगढ र पोखरामा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
फाइनान्सले नारायणगढ–१ मा रहेको श्री राष्ट्रिय आधारभूत बिधालय र पोखरा–२१ मा रहेको श्री बयाली आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना गरेको हो ।
यी कार्यक्रमअन्तर्गत २०० जना विद्यार्थीलाई ९०० थान कापी र २०० थान पेन वितरण भएको संस्थाका कामु प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए ।
फाइनान्सले समय–समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्य गर्दै आएको छ ।
प्रतिक्रिया