काठमाडौं । आजदेखि एनएमबि क्यापिटल लिमिटेडले अर्को म्युचुअल फण्ड निष्कासन गर्दै छ । क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामक म्युचुअल फण्ड निष्कासन गर्न लागेको हो ।
क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ८६ लाख इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ ।
लगानीकर्ताले बाँकी रहेको १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । सो योजनाको इकाईका लागि साउन ३१ गतेसम्म आवेदन दिनु पर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद भदौ ९ गतेसम्म लम्बिनेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
एनएमबि सुभल इन्भेष्टमेन्ट फण्ड २ एक बन्दमुखि योजना हो । यस योजनाको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्षको हुने । क्यापिटलले यस अघि नै एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ निष्कासन गरिसकेको छ ।
प्रतिक्रिया