काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नो वेबसाइटबाट अनधिकृत रुपमा तथ्यांक नतान्न चेतावनी दिएको छ । नेप्सेको वेबसाइटबाट विभिन्न कोड प्रयोग गरि अनधिकृत रुपमा कारोबार सम्बन्धी ठुलो परिमाणमा डाटा तान्ने प्रयास भइरहेको जनाउदै तथ्यांक नतान्न चेतावनी दिएको हो ।
नेप्सेको वेबसाइटमा विवरण हेर्न खोज्नेको संख्या कृत्रिम रुपमा अध्याधिक बढेको र सर्वसाधारण प्रयोगकर्तालाई असुविधा पुग्न गएकोले यसलाई रोक्ने प्रयास भइरहेको नेप्सेले जनाएको छ ।
आगामी दिनमा पनि अनधिकृत रुपमा तथ्यांक तान्ने कार्य जारी राखे कानुनी कारवाही प्रक्रियामा जाने नेप्सेले चेतावनी दिएको हो ।
नेप्सले आधिकारीक रुपमा एपीआई मार्फत धितोपत्रको कारोबार राफसाफ तथा फछ्यौट प्रयोजनको लागि आफ्नो सहायक कम्पनी सिडिएससीबाट मात्रै तथ्यांक उपलब्ध गराउदै आएको जनाएको छ ।
प्रतिक्रिया