धौलागिरी लघुवित्तको आईपीओमा साढे ९ लाख बढीको आवेदन,१ अर्ब बढीको शेयर खरिदमाग

३ बर्ष अगाडि

काठमाडौं, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ साढे ९ लाख बढीको आवेदन परेको छ । 

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ः०२ बजेसम्ममा ९ लाख ५६ हजार ३१६ जना आवेदनबाट १ अर्ब ८ करोड ४२ लख ९३ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ४२ हजार ९३० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले साउन २४ गतेदेखि सर्वसाधारणलाई निष्कासन गरेको ३ लाख ८ हजार २९५ कित्ता शेयरको ३५.१७ गुणा बढी हुन आउँछ ।

लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२।१० प्रतिशत अर्थात ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो ।

त्यसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयरका लागि मात्रै आवेदन दिन सक्नेछन्

लघुवित्तले निष्कासन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले साउन २९ गतेसम्ममा मात्रै आवेदन दिन सकिनेछ । इन्च्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

३ बर्ष अगाडि

प्रतिक्रिया