पछिल्लो २४ घण्टामा ८६८ जनामा संक्रमण, ३ जनाको मृत्यु र सक्रिय संक्रमितको संख्या कति ?

३ बर्ष अगाडि

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

३ हजार ६१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४९६ तथा ३ हजार ९१ एन्टिजेन विधिबाट ३७२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यता सो अवधिमा थप ४१४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८८५ पुगेको छ । 

बितेको २४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै,सो अवधिमा १ लाख ३८ हजार ८४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया