नेप्सेमा प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचीकृत, कति कित्ता ?

३ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा बैंकको १७ लाख ४१ हजार ८ सय ८४ कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

प्राइम बैंक लिमिटेडले गत चैत्र १६ गतेबाट चैत्र ३० गतेसम्म ‘१० प्रतिशत प्राइम डिबेञ्चर २०८८’ नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । कुल २५ लाख कित्ता ऋणपत्रमध्ये बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १५ लाख कित्ता र सर्वसाधारणका लागि १० लाख कित्ता बिक्री गरेको थियो ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया