अपर हेवाखोलाको ५० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत, कति पाउला ओपनिङ्ग रेन्ज  ?

३ बर्ष अगाडि

काठमाडौं- अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ५० लाख कित्ता शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

सर्वसाधारणलाई निष्कासन गरेको १५ लाख कित्ता,आयोजना प्रभावितलाई निष्कासन गरेको ५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३० लाख गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेमा न्युनतम १०० रुपैयाँ देखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । उक्त ओपनिङ्ग रेन्जको आधारमा भोलि बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेप्सले कम्पनीको शेयरलाई युएचईडब्लुए कारोबार संकेत प्रदान गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया