नागरिक लगानी कोषसहित यी १० कम्पनीको सर्वाधिक कारोबार,कुन कम्पनीले कतिको कारोबार गरे ?

३ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) पनि शेयर बजार ओरालो लागेको छ । 

अघिल्लो दिन ४५ अंकको भारि गिरावटआएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५.११ अंकले घटेर २०५७.६८ को विन्दुमा झरेको छ ।  

नेप्से घटेसँगै आज कारोबार समेत घट्न पुगेको छ । चालु आर्थिक वर्षको सुरुवाती दिनमा शेयरबजार चम्किएर पनि पछिल्ला केही दिनमा कारोबार समेत घट्न थालेको छ । 

आज शेयबजारमा १ अर्ब ९३ करोड माथिको कारोबार हुन पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नागरिक लगानी कोषको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड ६८ लाख माथिको कारोबार भएको हो ।

त्यस्तै, शिवम् सिमेन्ट्को ६ करोड ८८ लाख, हिमालयन डिस्टिलरीको ६ करोड ७१ लाख, नबिल बैंकको ६ करोड ४६ लाख, एनटिसिको ४ करोड ६८ लाख माथिको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया