हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले सञ्चालनमा ल्याए दुई नयाँ कार्ड

३ बर्ष अगाडि

काठमाडौं - हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले नेपालमा आफ्ना स्थानीय ग्राहकका लागि दुईवटा नयाँ कार्डहरु सञ्चालनमा ल्याएका छन् । जसमा हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड रहेका छन् ।

हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड विशेषगरी विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसमान खरिद गर्ने खरिदकर्ता तथा हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरुका लक्षित गरी जारी गरेको हो । 

उक्त कार्ड प्रयोगकर्ताले कार्डबाट भुक्तानी गर्दा विभिन्न लाभ र छुटहरु पाई आफ्नो खर्चहरु व्यवस्थापन सहज बनाउन सक्नेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अमेरिकन एक्सप्रेससँग हिमालयन बैंकको लामो समयदेखिको सम्बन्ध रहेको र विभिन्न वर्गका ग्राहकलाई लक्षित गरी दुईवटा नयाँ कार्डहरु संचालनमा ल्याई उक्त सम्बन्धलाई निरन्तरता दिन सकेकोमा खुसी व्यक्त गरे । 

उनले ती कार्डहरुले विभिन्न मुलुक भ्रमण गर्ने स्थानीय ग्राहकहरुलाई सुविधा प्रदान गरी प्रत्येक कारोबारमा फाइदा प्रदान गर्ने जानकारी दिए । अमेरिकन एक्सप्रेस दक्षिण एसियाका भाइस प्रेसिडेन्ट तथा व्यापार प्रमुख नेटवर्क पार्टनरसिप दिव्या जैनले नेपालमा अमेरिकन एक्सप्रेसको दुईवटा नयाँ कार्डहरु को सेवा सुरु गर्न पाउँदा उत्साहित भएको बताइन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया