काठमाडौं - मेगा बैंक नेपालले आफ्ना शेयरधनीहरूलाई पाँच वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ ।
साविक पश्चिमाञ्चल डेभलपमेण्ट बैंक, टुरिजम डेभलपमेण्ट बैंक र गण्डकी विकास बैंकबाट विभिन्न आर्थिक वर्षमा नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरूलाई मेगा बैंकले आफ्ना शेयरधनीलाई लाभांश बुझिलिन आग्रह गरेको हो ।
नगद लाभांश लिन बाँकी शेयरधनीहरूले शेयरधनी रहेको प्रमाण र परिचय खुल्ने कागजात लिएर कम्पनीको कुनै पनि शाखा वा शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्स लिमिटेडमा सम्पर्क गर्न बैंकले जनाएको छ ।
प्रतिक्रिया