सानिमा बैंकलाई आईएफसीबाट एमएसएमईका लागि २ करोड डलर ऋण

३ बर्ष अगाडि

काठमाडौं, सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ।

तरलता अभावलाई मध्यनजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आईएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो। नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात उक्त रकम चालु आर्थिक वर्षमा प्राप्त गरी सानिमा बैंकले यस्तो ऋण ल्याउने सीमित बैंकहरुको पंक्तिमा आफूलाई उभ्याएको छ।

आईएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस. फईबाट प्राप्त सन्देशमा सानिमा बैंकमा गरिएको यस लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको उल्लेख छ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले अहिलेको तरलताको असहज परिस्थितिमा पनि आईएफसीबाट प्राप्त रकमले एमएसएमई सेक्टरमामा कर्जा प्रवाह गर्न केही सहजता हुने धारणा व्यक्त राखे। 

उक्त सम्झौता अनुसार यो रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गरिनेछ। समावेशिता तथा दिगो विकासको सिद्धान्तमा आधारित रही बैंकले यो रकम उक्त क्षेत्रमा प्रवाह गर्ने बैंकले जनाएको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया