काठमाडौं - लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा १६ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
अघिल्लो वर्ष लघुवित्तले १९ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा पनि १७.४७ प्रतिशतले घटेर २३ करोड ६७ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा २८ करोड ६८ लाख रुपैयाँमा सीमित थियो ।
गत वर्ष लघुवित्तले ५३ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५१ करोड ७५ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी ३.४ प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा लघुवित्तले ४ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ७२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ३ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ३१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
लघुवित्तको रिजर्भको आकार २.४६ प्रतिशतले घटेर १६ करोड ४१ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष रिजर्भमा १६ करोड ८२ लाख रुपैयाँ थियो । लघुवित्तको एनपीएल थोरै घटेर ३.२१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष एनपीएल ३.२७ प्रतिशत थियो ।
चुक्तापुँजी ३८ करोड ४० लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४१.८५ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष ईपीएस ६१.६० रुपैयाँ थियो । पीई रेसियो ३०.४७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २२०.५६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया