काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ५७ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
उक्त नाफा अघिल्लो वर्षको तुलनामा १२.१२ प्रतिशतले कम हो । अघिल्लो वर्ष लघुवित्तले ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा पनि १७.३२ प्रतिशतले घटेर ८१ करोड ९९ लाख रुपैयाँमा सीमित बनेको छ ।
अघिल्लो वर्ष यस्तो मुनाफा ९९ करोड १७ लाख रुपैयाँमा सीमित थियो । गत वर्ष संस्थाले १ अर्ब ३८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ३३ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा लघुवित्तले ७ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ३४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ५६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
लघुवित्तको रिजर्भको आकार १४.८४ प्रतिशतले बढेर ९२ करोड ६१ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा ८० करोड ६५ लाख रुपैयाँ थियो । लघुवित्तको एनपीएल बढेर १.०३ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल ०.९२ प्रतिशत थियो ।
चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको लघुवित्तको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४९.६५ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष ईपीएस ५६.४९ रुपैयाँ थियो । पीई रेसियो १८.९३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २६७.१९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया