१२ हजार भन्दा तलका चिनियाँ स्मार्टफोनलाई भारतमा प्रतिबन्ध लगाइने

३ बर्ष अगाडि

एजेन्सी - भारतमा चिनियाँ एप्स प्रतिबन्ध लगत्तै केही चिनियाँ स्मार्टफोन कम्पनीका मोबाइलमा प्रतिबन्ध लगाउने तयारी गरिएको छ । 

ब्लूमबर्गको रिपोर्टका अनुसार भारतले चाँडै चिनियाँ स्मार्टफोन कम्पनीहरूका यस्ता स्मार्टफोनहरू प्रतिबन्ध लगाउन सक्छ जसको मूल्य १२ हजार रुपैयाँ (१५० डलर) भन्दा कम छ । 

चिनियाँ कम्पनीहरू संसारमा कम बजेट फोन खण्डमा सबैभन्दा अगाडि छन् । स्थानीय उत्पादकहरुलाई प्रोत्साहन गर्न यस्तो कदम चालिएको स्रोतले जनाएको छ । 

यो निर्णयले शाओमी कम्पनीलाई सबैभन्दा ठूलो धक्का दिनेछ, किनकि यो बजेट स्मार्टफोन बेच्ने नम्बर एक कम्पनी हो । यसपछि आइटेल, टेक्नो र इन्फिनिक्स, ट्रायनसियन जस्ता सस्तो फोन बनाउने कम्पनीको बजार पनि यो निर्णयबाट प्रभावित हुन सक्छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया