प्रभु बैंकका ग्राहकलाई लोकहित डेन्टलमा छुट, कति ?

३ बर्ष अगाडि

प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र लोकहित डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष डा. गणेश साहले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले लोकहित डेन्टल हस्पिटलद्वारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । यद्यपि बिल रकम रु. ५०० भन्दा कम भएमा छुट प्रदान हुने छैन । 

उतm सम्झौताअन्तर्गत लोकहित डेन्टल हस्पिटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुट प्राप्त गर्नेछन् । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया