मर्जर पश्चात बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत, कति कित्ता ?

३ बर्ष अगाडि

काठमाडौं - साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर पश्चात बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको छ ।

हिमालयन एभरेष्ट इस्योरेन्स लिमिटेडको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ करोड २३ लाख ९९ हजार ३६७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले मर्जर पश्चात पहिलो कारोबारको लागि ५१० रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यस अनुसार कम्पनीको शेयर कारोबार खुल्नेछ ।

कम्पनीको शेयरलाई नेप्सेले एचइआई कारोबार संकेत प्रदान गरेको छ । साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच १ः०.८५ अनुपातमा मर्ज भएको थियो ।

हिमालयन एभरेष्टले साउन १ गतेदेखि नै एकिकृत कारोबार गर्दै आएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया