काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । कोषले मंगलबार कायम अन्तिम शेयर मूल्य २ हजार ८७९ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि कोषको शेयर मुल्य २ हजार २१४.६२ कायम भएको छ । कोषले लाभांश तथा साधारणसभा प्रयोजनको लागि आज बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
कोषले आर्थिक वर्ष २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट ३० प्रतिशत बोनस शेयर र १.५७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो । यस प्रस्ताव पारितका लागि कोषले भदौ ६ गते साधारणसभा बोलाएको छ ।
प्रतिक्रिया