शेयर बजारमा पहिरो : २०६० को बिन्दुमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट

३ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयरबजारमा आज भारि गिरावट आएको छ । साताको पहिलो दिन झिनो सुधार देखिएको शेयर बजार हिजो र आज फेरि ओरालो लागेको छ । 

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.४२ अंकले घटेर २०६०.७३ को विन्दुमा भरेको छ। नेप्से घटेसँगै कारोबार रकम समेत घटेरको छ । आज ६६ लाख ४६ हजार ३६ कित्ता शेयर खरिदबिक्री हुदाँ कारोबार रकम २ अर्ब ८१ करोडमा सीमित हुन पुगेको छ । हिजो नेप्सेमा  २ अर्ब ८५ करोड बढीको कारोबार भएको थियो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा नागरिक लगानी कोष रहेको छ । कोषको आज एकैदिन १५ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

यस्तै, नेप्सेमा रहेका सबै सूचक आज राताम्य छन् । सर्वाधिक प्रतिशतका आधारमा अन्य समूहको ४.८४ प्रतिशतले घटेको छ भने रुपैयाँको आधारमा विकास बैंक र माइक्रोफाइनान्स समूहको १२५ रुपैयाँले घट्न पुगेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया