रसुवागढी र सान्जेनको आइपिओ बाँडफाँड गर्ने तयारी

७ बर्ष अगाडि

काठमाडौं । रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनलिे साधारण शेयर बाँडफाँडको तयारी गरेका छन् ।
आज शुक्रबार अबेरसम्ममा ती दुवै कम्पनीको आइपिओ बाँडफाँडको तयारी गरिएको हो ।
बाँडफाँडको समय भने तय नभएपनि आजै अबेरसम्म शेयर बाँडफाँड गरिने दुवै आयोजनाका प्रमुखले जानकारी दिएका छन् ।
रसुवागढी हाइड्रो पावरका प्रमुख माधव कोइरालले शेयर बाँडफाँड आजै हुने बताए ।
यस्तै साञ्जेन हाइड्रो पावरका प्रमुख किरण श्रेष्ठले पनि आजै शेयर बाँडफाँड हुने बताए ।
साञ्जेनको  बिक्री प्रबन्धक नागरिक लगानी कोषका सञ्चार अधिकृृत उद्धव सिल्वालले शेयर बाँडफाँडको तयारी सकिएको बताए ।
सेयर आवेदकको सम्पूर्ण लगत तथा विवरण संकलन भएकाले बाँडफाँडको तयारी गरिएको हो ।
दुवै कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा संस्थापक लगानीकर्ता समूहका कर्मचारीलाई शेयर बिक्री गरेको थियो ।
सञ्चयकर्ताका लागि गत फागुन ११ देखि ३० गतेसम्म आवेदन दिने समय तोकिएको थियो । यस्तै, संस्थापक र ऋणदाता संस्थाका कर्मचारीका लागि यही  चैत ५ देखि १३ गतेसम्म आवेदन दिने समय अवधि तोकिएको थियो ।
दुवै समूहका आवेदनकर्तालाई आज नै शेयर बाँडफाँड गर्ने तयारी गरिएको छ ।
दुवै कम्पनीले  माग गरेको तुलनामा करिब ६ गुणा बढी आवेदन परेको जनाएका छन् ।
दुवै कम्पनीमा सञ्चयकर्ताका लागि २ अर्ब ४ करोड ५९ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको २ करोड ४ लाख ५९ हजार ५ सय ९५ कित्ता शेयर छुट्ट्याइएको थियो । ती  आवेदनबाट ११ अर्ब रुपैयाँ संकलन भएको छ ।
रसुवागढीमा १ लाख ८८ हजार र सान्जेनमा १ लाख ८३ हजारभन्दा बढी सञ्चयकर्ताले आवेदन दिएका थिए ।
 यस आधारमा न्यूनतम ७० र बढीमा १०० कित्तासम्म शेयर पाउने अवस्था देखिएको छ ।
आवेदक सबैले पाउने गरी बाँडफाँडको तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कोइरालाले बताए । रसुवागढीमा बढीमा ७० कित्ता शेयर दिने तयारी गरिएको बताइएको छ ।
सान्जेन जलविद्युत कम्पनीको सेयर खरिद गर्न आवेदन दिएका हरेक सञ्चयकर्ताले करिब ४० कित्ता सेयर पाउने भएका छन् ।
मागभन्दा झन्डै ६ गुणा बढी आवेदन परेकाले सेयर संख्या कम भएको हो । रसुवामा निर्माण भइरहेको ५७.३ मेगावाटको सान्जेन जलविद्युत आयोजना निर्माण भइरहेको छ ।
केही आवेदन रद्द भएकाले शेयर बाँडफाँडमा समस्या भएको थियो ।
यस्तै कम्पनीले संस्थापक संस्था (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह) र ऋणदाता संस्थाका कर्मचारीका लागि निष्कासन गरेको शेयरमा १९ हजार १३३ जनाले आवेदन दिएका छन् । उनीहरूबाट १ करोड ७३ लाख ५ हजार रुपैयाँ संकलन भएको छ ।
रसुवागढीमा कोषका ५८५ कर्मचारीले आवेदन दिएका छन् ।
उनीहरूबाट ७ करोड ३८ लाख ८५ हजार रुपैयाँ संकलन भएको छ । यस्तै, संस्थापक संस्थाका ८ हजार ९ सय ८६ कर्मचारीले दिएको आवेदनबाट ४३ करोड ९३ लाख ७३ हजार रुपैयाँ संकलन भएको छ ।
यसैगरी, सान्जेनमा कोषका ५८५ कर्मचारीले आवेदन दिएका छन् । यसबाट ३ करोड ९९ लाख रुपैयाँ संकलन भएको छ ।
उता संस्थापक संस्थाका ८ हजार ९ सय ७७ आवेदकबाट २६ करोड ४२ लाख रुपैयाँ संकलन भएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया