प्रतिशेयर आम्दानीसंगै माउन्टेन इनर्जी नेपालको नाफा उल्लेखनीय वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं, माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। 

वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म कम्पनीले ६१ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ११ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिको नाफा अघिल्लो वर्षको तुलनामा ४४५.९४ प्रतिशतले बढी हो।

चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ६३३.८२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट १६ करोड ८२ रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब २३ करोड रुपैयाँ भएको छ। समीक्षा अवधिमा कम्पनीले मिस्त्रीखोला आयोजनाबाट १ अर्ब ७ करोड ७८ लाख रुपैयाँ र टाँडीखोला आयोजनाबाट १५ करोड ६६ लाख रुपैयाँ बढी आम्दानी गरेको हो। 

चुक्तापुँजी १ अर्ब ९६ करोड रहेको कम्पनीको रिटेन अर्निङमा १ अर्ब १ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन अर्निङमा ४० करोड ५२ लाख रुपैयाँ थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर २०.७६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी ६.०८ रुपैयाँ रहेको थियो। प्रतिशेयर नेटवर्थ १५१.३९ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो २५.२५ गुणा रहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया