अरुण काबेलीको वित्तीय विवरण प्रकाशित, कस्तो छ अवस्था ?

३ बर्ष अगाडि

काठमाडौं- अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। 

वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म कम्पनीले २४ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २८ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा १३.८९ प्रतिशतले कम हो। 

चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ६.२८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट ७० करोड ६७ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर ७५ करोड १० लाख रुपैयाँ भएको छ। 

समीक्षा अवधिमा अन्य अम्दानी स्रोतबाट हुने आम्दानी भने २ करोड ६ लाख हजार रुपैयाँबाट घटेर ४७ लाख ८० हजार रुपैयाँमा सीमित बनेको छ। 

चुक्तापुँजी १ अर्ब ८५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार घटेर २५ करोड ८० लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष रिजर्भमा २९ करोड २२ लाख रुपैयाँ थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १३.५४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३२.९१ रुपैयाँ र पीई रेसियो ३४.१२ गुणा रहेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया