काठमाडौं, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले ४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १० करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षका तुलनामा यस वर्ष ६१.९३ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ५ करोड १२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कुल आम्दानी ४ करोड १८ लाख रुपैयाँमा सीमित थियो।
चुक्तापुँजी १ अर्ब २२ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन अर्निङ १० करोड ६६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन अर्निङमा ११ कारोड ७ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी घटेर ३.३९ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष प्रतिशेयर ९.३५ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १०७.६८ रुपैयाँ रहेको छ।
प्रतिक्रिया