वाणिज्य बैंकहरुमा निक्षेप निरन्तर ओरालो लाग्दै, एक सातामा ४ अर्बले घट्यो र कर्जा प्रवाह कति ?

३ बर्ष अगाडि

काठमाडौं,वाणिज्य बैंकहरुमा निक्षेप निरन्तर ओरालो लागि रहेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो साता २८ अर्ब रुपैयाँले घटेको निक्षेप यो साता ४ अर्ब रुपैयाँले घटेको छ ।

बैंकहरुले प्रवाह गरेको कर्जा भने अघिल्लो साताको तुलनामा २ अर्ब रुपैयाँले बढि छ । साउन १३ गतेसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप साउन २० गतेसम्म आइपुग्दा ४ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ४६ अर्ब रुपैयाँमा सिमित बनेको हो ।

त्यस्तै, वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने बढेको छ । साउन १३ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह दुई अर्ब रुपैयाँले बढेर साउन २० गतेसम्म आइपुग्दा ४१ खर्ब ६६ अर्ब रुपैयाँमा पुगेको बैंकर्स संघको तथ्यांकमा उल्लेख छ ।

संघको तथ्यांकअनुसार नयाँ आर्थिक वर्ष सुरु भएदेखि साउन २० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप घटेर ४४ खर्ब ४६ अर्ब रुपैयाँमा सीमित बनेको छ । गत असार मसान्तसम्म कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ थियो । यो हिसाबले निक्षेप ९५ अर्ब रुपैयाँले घटेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया