काठमाडौं- रुरु जलविद्युत परियोजना लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।
वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म कम्पनीले ९ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ७ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। नाफा अघिल्लो वर्षको तुलनामा कम्पनीले यस वर्ष ३०.५३ प्रतिशत बढी नाफा कमाएका हो ।
चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८.२२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट १४ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर १६ करोड १९ लाख रुपैयाँ भएको छ।
चुक्तापुँजी ४४ करोड ८४ रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर १३ करोड ८२ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष रिजर्भमा १३ करोड १८ लाख रुपैयाँ थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी २०.७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३०.८३ रुपैयाँ र पीई रेसियो ३७.१० गुणा रहेको छ।
प्रतिक्रिया