नागरिक लगानी कोषको बुकक्लोज भोलिआजसम्म कायम शेयरधनीले मात्र ३१ % लाभांश पाउने

३ बर्ष अगाडि

काठमाडौं, नागरिक लगानी कोष (सीआईटी)को लाभांश सुरक्षित गर्ने आज (साउन २४ गते) अन्तिम दिन रहेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि सीआईटीले भोलि साउन २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज साउन २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै सीआईटीको वार्षिक साधारणसभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

सीआईटीले आफ्नो २७ औँ वार्षिक साधारणसभा आउँदो भदौ ६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौको बानेश्वरस्थित सीआईटीको केन्द्रीय कार्यालयमा अपराह्न ३ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७/७८ का प्रस्तावित कुल ३१.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश छन्। 

३ बर्ष अगाडि

प्रतिक्रिया