सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुल्ला, भदौ ३१ गतेसम्म मात्र

३ बर्ष अगाडि

काठमाडौं- सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

यसै अनुरुप सानिमा बैंकले विगत लामो समयदेखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ कालागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

सोहि कार्यक्रमलाई निरन्तरता दिंदै यस बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नकालागि काठमाडौं उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको छ । उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति  २ हजार रूपैयाँ (प्रति महिना) गरी प्रत्येक विद्यार्थीलाई ५० हजारसम्मको छात्रवृत्ति प्रदान गरिनेछ ।

छात्रवृत्तिमा आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया