काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
२ हजार ८६२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४९८ तथा २ हजार ४८९ एन्टिजेन विधिबाट ४३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यता सो अवधिमा थप ४७० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६८६ पुगेको छ ।
बितेको २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै,सो अवधिमा ३२ हजार ५३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया