दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट, अन्य कुन कम्पनीको शेयरमूल्य कतिले बढ्यो ?

३ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो दिन कारोबारको दिन (सोमबार) शेयर बजारमा ओरालो लागेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से परिसूचक आज १७.६७ अंकले घटेर २१०६.१६ विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेपनि कारोबार रकम हिजो तुलनामा बढेको छ । आज ६५ लाख २७ हजार ४१४ कित्ता शेयर खरिदबिक्री हुदाँ २ अर्ब ८५ करोड बढीको कारोबार भएको छ । हिजो शेयर बजारमा अन्तिम समयसम्म २ अर्ब ६७ करोडको मात्र कारोबार भएको थियो । 

नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लागेको छ। यस दिन गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको हो। 

यस दिन युनिलिभर नेपाल र आरबिबि म्युचुअल फण्डको मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया