काठमाडौं, साताको दोस्रो दिन कारोबारको दिन (सोमबार) शेयर बजारमा ओरालो लागेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से परिसूचक आज १७.६७ अंकले घटेर २१०६.१६ विन्दुमा कायम भएको छ ।
शेयर बजार घटेपनि कारोबार रकम हिजो तुलनामा बढेको छ । आज ६५ लाख २७ हजार ४१४ कित्ता शेयर खरिदबिक्री हुदाँ २ अर्ब ८५ करोड बढीको कारोबार भएको छ । हिजो शेयर बजारमा अन्तिम समयसम्म २ अर्ब ६७ करोडको मात्र कारोबार भएको थियो ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन २० करोड ७१ लाख माथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको १० करोड ८५ लाख, नागरिक लगानी कोषको ८ करोड २१ लाख, नेशनल हाइड्रोपावरको ७ करोड ६५ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ७ करोड १८ रुपैयाँ माथिको कारोबार भएको छ ।
प्रतिक्रिया