बजेटमा गरिएको व्यवस्थाबमोजिम नै कर्मचारीहरुको तलबमा लागू हुने अर्थमन्त्रीको आश्वासन

३ बर्ष अगाडि

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले निजामती कर्मचारीहरुलाई बजेटमा गरिएको व्यवस्थाबमोजिम नै कर्मचारीहरुको तलबमा लागू हुने आश्वासन दिएका छन् । 

बजेटमा भएको व्यवस्थाविपरीत कर्मचारीहरुको तलब असमान ढंगले वृद्धि गरिएको भन्दै निजामती कर्मचारीहरुले आज सिंहदबारभित्र काम ठप्प पारेका छन् । सिंहदरबारभित्रै भएको भेलाले भोलि देशभरका नायबसुब्बाहरु बिदा बस्ने घोषणा पनि गरेको छ । 

कर्मचारीका ५ संघसंगठनका नेताहरुले आजै अर्थमन्त्री शर्मालाई भेटेर तलबमान सच्याउन आग्रह गरेका थिए । भेटमा मन्त्री शर्माले बजेटमा भएको व्यवस्थाअनुसार नै तलब वृद्धि गरिने प्रतिबद्धता जनाएका हुन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया