चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं - चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । 

गत आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा शुभारम्भ गरेसँगै नगरपालिकाका सेवाग्राहीले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एपमार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पेमार्फत घर बहाल कर, सम्पति कर र व्यावसायिक कर तिर्न भुक्तान गर्न सक्नेछन् ।

नगरपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको हो । कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले विज्ञान प्रविधिको युगमा  नगरपालिकाले सुरु गरेको विद्युतीय कर भुक्तानी सेवाले आमसेवाग्राहीलाई नगरपालिकाको कर भुक्तानी गर्न सजिलो मात्र नभई संसाधनको समेत बचत हुने र नगरपालिका र वडाहरुमा सेवाग्राहीहरुको चाप पनि कम हुने बताउँदै सबै वडाका प्रतिनिधि तथा कर्मचारीहरु यो सेवाको प्रवर्द्घन गर्न लागिपर्नुपर्ने बताए । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया