काठमाडौं - असमान तलब वृद्धिविरुद्ध आन्दोलनमा उत्रिएका निजामती कर्मचारी (नायब सुब्बा) हरु भोलि मंगलबार बिदामा बस्ने भएका छन् ।
निजामती कर्मचारी युनियनको अगुवाइमा आज सिंहदबारमा भएको कर्मचारीहरुको भेलाले भोलि देशभरका नायब सुब्बा स्तरका कर्मचारीहरु बिदामा बस्ने घोषणा गरेको हो ।
गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका छन् । आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले भोलि मंगलबार बिदामा बस्ने घोष्णा गरेका छन् ।
कर्मचारीहरुले आज सिंहदबारभित्रको काम ठप्प पार्दै भेला गरेका थिए । भेलाले भोलि देशभरका नासु बिदामा बस्ने र अर्थमन्त्री, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्यका सचिवलाई मागको विषयमा एसएमएस गर्ने निर्णय गरेको छ ।
भोलि थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरिने युनियनले जनाएको छ ।
प्रतिक्रिया