काठमाडौं- सोमबार स्पेशल प्रि ओपन सेसनमा हिमालयन हाइड्रोपावरको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता २२८ रुपैयाँमा पहिलो कारोबार भएको हो।
कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको शेयर साउन २० गते, शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले आयोजना प्रभावितलाई निष्कासन गरेको ९ लाख कित्ता, सर्वसाधारणलाई निष्कासन गरेको १३ लाख ५० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ८७ लाख कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ७६ रुपैयाँ ३३ पैसा र अधिकतम २२८ रुपैयाँ ९९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही अनुसार यस दिन उच्च रेञ्जमा कम्पनीको शेयर कारोबार भएको हो।
नेप्सेले कम्पनीको शेयरलाई एचएचएल कारोबार संकेत प्रदान गरेको हो।
प्रतिक्रिया