नेपाल लाइफ र एनआइसी एशिया बैंकको शेयरमा परेको गोप्य सिलबन्दी बोलपत्र आज खोलिने

३ बर्ष अगाडि

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनआइसी एशिया बैंकको संस्थापक समुहको शेयरमा परेको गोप्य सिलबन्दी बोलपत्र आज खोलिने भएको छ । कम्पनीहरुले बिक्रीमा ल्याएको उक्त पोलपत्र आज ग्लोबल आइएमई क्यापीटलको कार्यालय नक्सालमा बोलपत्र खोलिने भएको हो । 

नेपाल लाइफ
नेपाल लाइफको ५ लाख ९६ हजार ५२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको मुल्य प्रतिकित्ता ७ सय रुपैयाँ थियो । शेयरहरुमा इच्छुक व्यक्ति संघ संस्था वा जो केहीले पनि आवेदन दिने व्यवस्था थियो ।

शेयर साउन ५ गतेदेखि साउन १९ गतेसम्म विक्रीमा ल्याएको हो । तोकिएको समयमा परेको उक्त बोलपत्र आज खोलिने भएको हो ।

एनआइसी एशिया बैंक
एनआइसी एशिया बैंकले ७ लाख १७ हजार ९५० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको मुल्य प्रतिकित्ता ४२५ रुपैयाँ थियो । शेयरहरुमा इच्छुक व्यक्ति संघ संस्था वा जो केहीले पनि आवेदन दिने व्यवस्था थियो । 

शेयर साउन ५ गतेदेखि साउन १९ गतेसम्म विक्रीमा ल्याएको हो । तोकिएको समयमा परेको उक्त बोलपत्र आज खोलिने भएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया