काठमाडौं - नेपाल राष्ट्र बैंकले भाषाविदको रुपमा सूूचीकृत हुनका लागि दरखास्त आह्वान गरेको छ ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एक सूूचना जारी गर्दै नेपाल राष्ट्र बैंक प्रकाशन निर्देशिका, २०७९ बमोजिम भाषाविद ९सम्पादक० हरुको सूूची तयार गर्ने प्रयोजनको लागि योग्यता पुुगेका इच्छुक व्यक्तिबाट दरखास्त गरिएको जनाएको हो ।
नेपाली भाषाविद्को लागि न्यूनतम योग्यता नेपाली भाषा मुख्य विषय लिई कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पाँच वर्ष वा सोभन्दा बढी कार्य अनुभव भएको हुन पर्ने छ ।
यस्तै नेपाली विषयमा विद्यावारिधि उपाधि हासिल गरेको, अर्थशास्त्र, बैंकिङ, वित्त वा व्यवस्थापन विषयमा स्नातक उपाधि हासिल गरेको र सम्बन्धित भाषा विज्ञ ९सम्पादन० का रुपमा कार्य गरेकालाई छनौटको प्राथमिकतामा राखिने छ ।
साथै अंग्रेजी भाषाविद्का लागि न्यूनतम योग्यता अंग्रेजी भाषा मुख्य विषय लिई कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पाँच वर्ष वा सोभन्दा बढी कार्य अनुभव भएको हुनु पर्ने छ ।
यसमा अंग्रेजी विषयमा विद्यावारिधि उपाधि हासिल गरेको, अर्थशास्त्र, बैंकिङ, वित्त वा व्यवस्थापन विषयमा स्नातक उपाधि हासिल गरेको र सम्बन्धित भाषा विज्ञ ९सम्पादन० को रुपमा कार्य गरेकालाई छनौटमा प्राथमिकतामा राखिने छ ।
इच्छुकले भदौ १० गतेभित्र [email protected] मा ई–मेल पठाउनुुपर्नेछ।
प्रतिक्रिया