काठमाडौं - मलेसियाले आगामी अगष्ट १५ देखि ३१ तारिख अर्थात साउन ३० गतेदेखि भदौ १५ गतेसम्म नेपालीसहित विदेशी कामदारको भर्ना प्रक्रिया स्थगन गर्ने बताएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले मलेसियाको श्रम कानूनमा गरिएको संशोधन कार्यान्वयन गर्न उक्त अवधिका लागि विदेशी श्रमिकका लागि आवेदन नलिने बताएको छ ।
मलेसियाको सरकारी सञ्चारमाध्यम बेर्नामाका अनुसार अगष्ट १४ सम्ममा दिइएका आवेदनहरु अगष्ट महिनाको ३१ तारेखभित्रमा एप्रुभल प्रक्रिया सक्ने र सेप्टेम्बर पहिलो तारेखदेखि नयाँ कानून अनुसारको विदेशी कामदार प्रक्रिया शुरूवात गरिने छ ।
मलेसियाले सेप्टेम्बर पहिलो तारेखदेखि गत अप्रिलमा संशोधन गरिएको रोजगार कानून २०२२ लागू हुने र त्यसले विदेशी कामदार भर्ना गर्दा नयाँ प्रक्रिया अवलम्बन गर्ने समाचारमा उल्लेख छ ।
प्रतिक्रिया