सयपत्री हाइड्रोको आईपीओ प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को आइतबार प्रि-अलटमेन्ट सम्पन्न भएको छ ।

साउन १३ गतेदेखि साउन १७ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको उक्त आईपीओको हिजो प्रि-अलटमेन्ट गर्ने कार्य सम्पन्न भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटले जनाएको छ । 

आइतबार प्रि-अलटमेन्ट गरेर सेयर बाँडफाँडका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पठाइएको छ । बोर्डको अनुमतिपछि आईपीओको बाँडफाँड हुने गरेको छ । बोर्डले स्वीकृति दिए मंगलबार बिहान आईपीओको बाँडफाँडको तयारी गरिएको एनआईबिएल एस क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । ६ लाख ७० हजार ५८६ कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।

अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १५ लाख २३ हजार ७०३ वटा आवेदनमार्फत २५.७१ गुणा धेरै अर्थात १ करोड ७२ लाख ४५ हजार ८० कित्ताको माग परेको छ । कम्पनीको सेयरमा मागभन्दा उच्च् आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । 

जसमा ६७ हजार ५८ जनाले गोलाप्रथाबाट १० कित्ता सेयर हात पार्नेछन् । गोलाप्रथाबाट सेयर पाएकामध्ये ६ जनाले भने थप १ कित्ता गरी कुल ११ कित्ता हात पार्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया