सानिमा माई हाइड्रो एक बर्षमा कति कामायो नाफा ?

३ बर्ष अगाडि

काठमाडौं - सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षमा ५४ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । 

उक्त नाफा अघिल्लो वर्षको तुलनामा ३२.९८ प्रतिशतले बढी हो । चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ९.९६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट ८५ करोड ३ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर ९३ करोड ५० लाख रुपैयाँ भएको छ । 

समीक्षा अवधिमा अन्य अम्दानी २ लाख ५५ हजार रुपैयाँबाट घटेर ५१ हजार ८४३ रुपैयाँमा सीमित बनेको छ । चुक्तापुँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन अर्निङ बढेर ९१ करोड ७० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष रिटेन अर्निङ ६७ करोड १४ लाख रुपैयाँमा सीमित थियो । 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १७.५ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ईपीएस १४.४७ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १२९.९९ रुपैयाँ रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया