रिडी र रैराङ हाइड्रोपावर डेभलपमेन्टको एकिकृत कारोबार शुरु

३ बर्ष अगाडि

काठमाडौं - रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले मर्जरपश्चात एकिकृत कारोबार शुरु गरेका छन् । यी दुबै कम्पनीले गत असार ३१ गतेदेखि एकिकृत कारोबार शुरु गरेको हो ।

२०७८ कात्तिक १२ गते सम्पन्न रिडी हाइड्रोपावरको २० साधारण सभा र २०७८ कात्तिक १७ गते सम्पन्न रैराङ हाइड्रोपावरको १७ औँ वार्षिक साधारण सभाले रैराङ हाइड्रोपावरलाई रिडी हाइड्रोपावरमा गाभ्ने प्रस्ताव पारित गरेको थियो । 

एक्विजिशनपश्चात यी दुई कम्पनीहरुले रिडी पावर कम्पनीको नामबाट एकिकृत कारोबार शुरु गरेका हुन् । कम्पनीको रजिष्टर्ड कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौँमा रहेको छ ।

विद्युत नियमन आयोग तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट मर्जरको लागि गत असार ३० गते अन्तिम स्वीकृत पाएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया