युनिलिभर नेपालको नाफा १ अर्ब ४९ करोड, ईपीएस कति ?

३ बर्ष अगाडि

काठमाडौं - युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तिय विवरणले यस्तो देखाएको हो । 

उक्त नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ७४.१६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ८६ करोड रुपैयाँमात्रै नाफा आर्जन गरेको थियो । चौथो त्रैमाससम्म कम्पनीको उत्पादन बिक्रीबाट हुने सञ्चालन आम्दानी पनि बढेर ७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । 

अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ७३ रुपैयाँमा सीमित थियो। अन्य स्रोतबाट हुने आम्दानी ५ करोड रुपैयाँबाट बढेर १२ करोड २९ लाख रुपैयाँ पुगेको छ । सेयरपुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । अघिल्लो रिटेन्ड अर्निङमा २ अर्ब ५१ करोड रुपैयाँ थियो ।  

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर १ हजार ६२९ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ईपीएस ९२८ रुपैयाँ थियो । ईपीएस ७५.७४ प्रतिशतले बढेको छ ।

पीई रेसियो ११.२७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ३ हजार ९४२ रुपैयाँ रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया