काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौंको सुकेधारास्थित नवटोल सुधार समिति नयाँकोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं सञ्चालित नव पुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र कामनपा–४का लागि २५ थान कुर्सी हस्तान्तरण गरेको छ ।
नवटोल सुधार समितिले आयोजना गरेको एक कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य जयमुकुन्द खनाल, हरिभक्त सिग्देल र बैंकका नायब प्रमुख ९दायित्व व्यवस्थापन तथा बाह्य मामिला० प्रतिमा पाण्डेले उक्त कुर्सी नवटोल सुधार समितिलाई हस्तान्तरण गरेका थिए ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिकको सुविधाका लागि पुस्तकालयलाई उक्त कुर्सी प्रदान गरेको हो । माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ सेवाका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ ।
त्यस्तै बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ । बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ सेवा, २०७ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया