विकास बैंकहरुले औसतमा १५ प्रतिशतले बढाए नाफा

३ बर्ष अगाडि

काठमाडौं - गत आर्थिक वर्षमा विकास बैंकहरुले औसतमा १५ प्रतिशतले नाफा बढाएका छन् । विकास बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार १० बैंकको नाफा बढेको छ । समिक्षा अवधिमा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै १ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा साना वाणिज्य बैंकहरुको हाराहारी हो । 

सेञ्चुरी कमर्शियल बैंकले गत वर्ष १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ भने सिभिल बैंकले १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ । मुक्तिनाथ विकास बैंक खुद नाफामा यी बैंकहरुसँग प्रतिस्पर्धी देखिएको छ । यस्तै, गरिमा विकास बैंकले पनि १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा बैंकले नाफा २८ प्रतिशतले बढाएको हो ।

यी बाहेकका विकास बैंकले भने १ अर्ब रुपैयाँभन्दा कम नाफा कमाएका छन् । महालक्ष्मी विकास बैंकले ९५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ भने ज्योति विकास बैंकले ७० करोड, लुम्बिनी विकास बैंकले ६७ करोड, साइन रेशुङ्गा बैंकले ६४ करोड र कामना सेवा विकास बैंकले ६३ करोड रुपैयाँ नाफा कमाएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया