‘माई पे’ले सार्वजनिक गर्यो ‘माई पे क्वाइन’, १ क्वाइनको मूल्य १ नै

३ बर्ष अगाडि

काठमाडौं - पछिल्ला दिनहरुमा युवा पुस्ताहरुमाझ लोकप्रिय बन्दै गएको ‘माई पे’ डिजिटल वालेटले नयाँ विशेषताको रुपमा ‘माई पे क्वाइन’ सार्वजनिक गरेको छ । १ क्वाइन बराबर रु. १ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पेले जनाएको छ । 

माई पेका अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो । यससँगै माई पे प्रयोगकर्ताले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म, टेलिभिजको बिल भुक्तानीमा २ प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा २ प्रतिशतसम्म तथा हवाई जहाजको टिकट बुकिङ गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफरहरुसमेत निरन्तर रहेको जनाएको छ । 

यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाँढिएको माई पेको भनाइ छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया